Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवार सबै एयरलाइन्सकै कर्मचारी !


नया सडक

२०८१, साउन ९ बुधबार

  • 606
    Shares

  • दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवार सबै एयरलाइन्सकै कर्मचारी !

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
    दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको हो ।

    सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा प¥यो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जानकारी सार्वजनिक गरेको छ ।

    जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।उनकाअनुसार जहाजमा लागेको आगो बुधबार बिहान ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो ।एयरलाइन्समा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस