Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन बाहेक सबै १८ जनाको मृत्यु


नया सडक

२०८१, साउन ९ बुधबार

  • 354
    Shares

  • दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन बाहेक सबै १८ जनाको मृत्यु

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्स विमानमा सवार १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जानकारी सार्वजनिक गरे अनुसार जहाजमा १९ जना यात्रु मध्ये एक जना क्याप्टेनलाई जीवितै उद्धार गरिएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो ।जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

    सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । 

    उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी सार्वजनिक गरे अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । 

    उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस