Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सौर्य एयरलाइन्सको प्रारम्भिक बीमा दाबी ३० करोड हुन सक्ने बीमकको भनाइ


नया सडक

२०८१, साउन ९ बुधबार

  • 846
    Shares

  • सौर्य एयरलाइन्सको प्रारम्भिक बीमा दाबी ३० करोड हुन सक्ने बीमकको भनाइ

    काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको प्रारम्भिक अनुमानित  बीमा रकम   ३० करोड दाबी गर्न सकिने भएको छ ।विमानको बीमा गर्ने कम्पनी प्रभु इन्स्योरेन्सका अधिकारीहरूले यस्तो प्रारम्भिक अनुमान सार्वजनिक गरेका हुन् ।

    सौर्य एयरलाइन्सका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ ।प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्रचार्यले जानकारी सार्वजनिक गरे अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ ।

    विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ  त्यसै यकिन हुन नसक्ने बताउँदै उनले  प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्ने बताए । 

    विदेशी पुनर्बीमा कम्पनीमा यसको बीमा गरिएकोले प्रभु इन्स्योरेन्सलाई त्यति ठुलो  दायित्व वहन गर्न नपर्ने सीईओ बज्राचार्यले जानकारी सार्वजनिक गरे ।विमान दुर्घटनामा भएको क्षतिको विवरण संकलनका लागि विदेशबाट सर्भेयर बोलाइने र त्यसै अनुसार बीमा रकमको निक्र्यौल हुने बताए ।

     नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी सार्वजनिक गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस