Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

२१ क्यासिनोबाट सवा अर्ब बढी राजस्व संकलन


नया सडक

२०८१, साउन ९ बुधबार

  • 414
    Shares

  • २१ क्यासिनोबाट सवा अर्ब बढी राजस्व संकलन

    काठमाडौ ।सरकारले क्यासिनोबाट १ अर्ब ३३ करोड ७८ लाख ९२ हजार २सय रुपैयाँ राजस्व संकलन गरेको छ ।गत असार मसान्तसम्म २१वटा क्यासिनोले राजस्व बुझाएर दर्ता नवीकरण गराएबाट सो राजस्व संकलन भएको  हो ।

    पर्यटन विभागका अनुसार सरकारले सबै क्यासिनो तथा मनोरञ्जन खेल सञ्चालनको लाइसेन्स  प्राप्त कम्पनीलाई २०८१ असार मसान्तभित्र राजस्व बुझाउन अल्टिमेटम दिएको थियो । दिइएको समयमै राजस्व नबुझाउने कम्पनीको दर्ता खारेज गर्ने चेतावनी पनि दिइएको थियो ।

    होटल, पर्यटन तथा क्यासिनो दर्ता, नवीकरणको जिम्मेवारी पर्यटन विभागले जनाए अनुसार ८ वटा ठुला क्यासिनोबाट ४० करोड रुपैयाँ राजस्व र १० करोड रुपैयाँ नवीकरण दस्तुर उठेको छ । यसैगरी  १३ वटा साना तथा मझौला खालका आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने क्यासिनोबाट १९ करोड ५० लाख रुपैयाँ राजस्व र ६ करोड ५० लाख रुपैयाँ नवीकरण शुल्क उठेको छ ।

    प्रतिक्रिया दिनुहोस