Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

ठुलो परिमाणमा आयात भएर आउने कच्चा पाम आयल कहाँ जान्छ ? करोडौं लिटर आयातमा लाख लिटरको निर्यात


नया सडक

२०८१, साउन १० बिहीबार

  • 576
    Shares

  • ठुलो परिमाणमा आयात भएर आउने कच्चा पाम आयल कहाँ जान्छ ?  करोडौं लिटर आयातमा लाख लिटरको निर्यात

    काठमाडौं । व्यापारमा आयात परिमाण निर्यात परिमाण भन्दा भारी भए व्यापार घाटा हुने र निर्यात आयात भन्दा भारी भए व्यापार बचत हुने गरेको छ । यस आधारमा १४ खर्ब ४० अर्ब बढीको व्यापार घाटा गत आवमा भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यसमा पाम आयलको योगदान साढे दश अर्ब बढीको भएको देखिन्छ ।कच्चा पाम आयल र पाम आयल निर्यात बीचको अन्तर निकाल्दा यस्तो देखिन्छ ।गत आवमा ८ करोड ३७ लाख ८३ हजार ६सय ६६ लिटर कच्चा पाम आयलको निर्यात गरिएको थियो ।

    तर तयारी पाम आयलको निर्यात १ लाख २४ हजार ५ सय ८२ लिटर भारत निर्यात भएको देखिन्छ ।गत आवमा आयात गरिएको कच्चा  पाम आयलको भन्सार आयात मूल्य १० अर्ब ५९ करोड ८३लाख ४१ हजार रहेको छ । भन्सार विभागको यो मूल्यांकनलाई आधार मान्दा गत आवमा कच्चा पाम आयलको आयत र तयारी पाम आयलको निर्यातबीचको भन्सार मूल्यांकन अन्तर निकाल्दा साढे १० अर्ब बढीको घाटा हुन्छ ।

    तर कच्चा पाम आयलको विषयमा यस्तो धारणा गलत हुने एक व्यापारीले बताए । उनका अनुसार भन्सार चुहावट र राजस्व छलीका गतिविधि पनि हुन सक्ने भनाइलाई इन्कार गर्न सकिँदैन् । तर कच्चा पाम आयलको प्रयोग खाने तल बनाउन मात्र प्रयोग गरिँदैन् । प्रिप्याकेज्ड फुड,कस्मेटिक वस्तुको निर्माण,सफाइ गर्न, कपाल हेरचाहका लागि निर्माण गरिने वस्तु,साबुन र व्यक्तिगत हेरचाहका सामान बनाउन कच्चा पाम आयलको प्रयोग हुन्छ । 

    ती व्यापारीका अनुसार आयात गरिएको कच्चा पाम आयलको ठुलो परिमाणको उपयोग यस्तो वस्तु निर्माण गर्न वास्तविक रूपमा हुन्छ कि हुँदैन त्यो भने अनुसन्धानको विषय हुन सक्छ ।अघिल्लो आव २०७९/६०मा पाम आयलको निर्यात १ करोड ३१ लाख ३५ हजार  ६सय ८६ लिटर निर्यात भएको थियो भने कच्चा पाम आयलको आयत १६ करोड ९० लाख २२ हजार ५सय ९ लिटर रहेको थियो ।

    यति मात्रै होइन तयारी पाम आयलको आयात पनि भएको देखिन्छ । गत आव २०८०/८१मा तयारी पाम आयलको आयत २० लाख ४८ हजार १ लिटर भएको देखिन्छ भने अघिल्लो आवमा १६ लाख  ८६ हजार २सय ८० लिटर भएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस