Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

एक करोड बयासी लाख बढीको काजु, ज्वानोसहितका मालवस्तु पक्राउ


नया सडक

२०८१, साउन १० बिहीबार

  • 969
    Shares

  • एक करोड बयासी लाख बढीको काजु, ज्वानोसहितका मालवस्तु पक्राउ

    वीरगञ्ज । काजु , ज्वानोसहित पौने दुई करोड बढीको मालवस्तु पक्राउ परेको छ ।पर्सा प्रहरीले एक करोड बयासी लाख ६ जहरा ४सय ३८ रुपैयाँ बराबरको मालवस्तु ट्रकसहित नियन्त्रणमा लिएको हो ।

    विशेष सूचनाको आधारमा पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मालवस्तु पक्राउ गरी थप अनुसन्धानका लागि पठाएको विज्ञप्ति जारी गरी जनाएको छ ।

    एक करोड बयासी लाख छ हजार चार सय अठतीस रुपैयाँ बराबरको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू  नियन्त्रणमा लिई २०८१साल साउन १० गते थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

    पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा मिति २०८१।०४।०९ गते अं.१६ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा अन्दाजी मूल्य एक करोड बयासी लाख छ हजार चार सय अठतीस बराबरको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस