Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

राजस्व अनुसन्धान विभागद्वारा साढे तीन करोड बढीको बिगो र सजाय मागसहित ७ जना विरुद्ध मुद्दा दायर


नया सडक

२०८१, साउन १० बिहीबार

  • 942
    Shares

  • राजस्व अनुसन्धान विभागद्वारा साढे तीन करोड बढीको बिगो र सजाय मागसहित ७ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं ।राजस्व अनुसन्धान विभागले राजस्व चुहावट कसुरमा एक बालक समेतगरी सात जना विरुद्ध साढे तीन करोड बढी बिगो कायम गरी मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले ७ जना प्रतिवादी विरुद्ध ३ करोड ५० लाख १५ हजार ५सय ४१ रुपैया ३८ पैसा बिगो कायम गरी कैद सजाय मागदाबीसहित राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको हो ।

    गणेश दत्त बडु, दिनेश खरेल, अमोल बिठ्ठल विभूते, ऋषिकेश प्रकाश विभुते, भरतराज खरेल र आयुष बडु तथा कानुनको विवादमा परेका एक बालक ०८०÷८१ दुच्छेननी चोक १ समेत सात जनाले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा ३ विपरीत कार्य गरी ऐ. ऐनको दाफ ४(छ)बमोजिम कसुर गरेको पुष्टि हुन आएको विभागले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

    राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले सोही कसुरमा ३ करोड ५० लाख १५ हजार ५ सय ४१ रुपैया ३८ पैसा बिगो कायम गरी प्रतिवादीहरू र कानुनको विवादमा परेका एक बालकसमेतलाई  ऐनबमोजिम कैद सजाय समेत मागदाबी गरी मुद्दा  दायर गरिएको बताए ।

    सूचना अधिकारीले जारी गरेको विज्ञप्तिमा साउन ९ गते गणेश दत्त बडु, दिनेश खरेल, अमोल बिठ्ठल विभूते, ऋषिकेश प्रकाश विभुते, भरतराज खरेल र आयुष बडु तथा कानुनको विवादमा परेका एक बालक ०८०÷८१ दुच्छेननी चोक १ समेत सात जना प्रतिवादी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस