काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । यसअघि सरकारले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको गड्तौलालाई बिहीबार मुख्य सचिव नियुक्त गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जानकारी सार्वजनिक गरेकी छिन् ।उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।