काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी गराएका हुन् ।पूँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट लिने मार्जिन प्रकृतिको ऋणको अधिकतम सीमा खारेज गरिने अधिकारीले बताए ।