Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

बीवाइडी गाडीका अत्याधुनिक सर्भिस सेन्टर शुभारम्भ,सर्भिस सेन्टरले ग्राहकलाई सन्तुष्ट गर्ने अपेक्षा

बीवाइडी गाडीका अत्याधुनिक सर्भिस सेन्टर शुभारम्भ,सर्भिस सेन्टरले ग्राहकलाई सन्तुष्ट गर्ने अपेक्षा

  • काठमाडौं। बीवाइडीले गाडीका २ वटा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौंको गौरीघाट र ललितपुरको कुपण्डोलमा सर्भिस सेन्टर शुभारम्भ गरेको हो।

    सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई कम्पनीले बीवाइडीको पछिल्लो योजना अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याएको छ।

    ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेहिकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस वे छन्।

    त्यसैगरी स्पेयर पार्ट्स वेयर हाउस, डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत छन्। कम्पनीले ग्राहकलाई भरपर्दो सेवा प्रदान गर्न गौरीघाट सर्भिस सेन्टरमा ५० कर्मचारी राखेको छ। फर्स्ट जेन बीवाइडी ई ६ का पहिलो ग्राहक सविन तन्डुकारले सर्भिस सेन्टर उद्घाटन गरे।

    साइमेक्स इंकले आफ्ना ग्राहकलाई ‘सुपेरियर र सिन्सियर सर्भिस’ प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको  छ।

    ललितपुरका लागि बीवाइडीको आधिकारिक वितरक इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर शुभारम्भ गरेको छ।
    ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा ६ सर्भिस बे छन्। यीमध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ४ वटा स्पेसलाइज्ड ईभी टुल्सबाट सुसज्जित छन्। सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस पनि छन्।

    इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाइडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टर उद्घाटन गरे।

    हाल विराटनगर, विर्तामोड, जनकपुर, वीरगंज, चितवन, बुटवल, नेपालगन्ज र दाङमा पनि बीवाइडीका सर्भिस सेन्टर सञ्चालित छन्। ३ महिना भित्र इटहरी, पोखरा, स्वयम्भू, भक्तपुर र बनेपामा सर्भिस नेटवर्क सञ्चालनमा आउने साइमेक्स इंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij