Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

माओवादी पदाधिकारी बैठकमा पछिल्लो राजनीकि घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा


नया सडक

२०८१, साउन ११ शुक्रबार

  • 330
    Shares

  • माओवादी पदाधिकारी बैठकमा पछिल्लो राजनीकि घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  जानकारी  दिएको  उपमहासचिव हरिबोल गजुरेलले जानकारी सार्वजनिक गरेका हुन् । 

    गजुरेलले पछिल्लो राजनीति घटनाक्रम र पार्टी निर्माणबारे गम्भीर समीक्षा भएको  बताउँदै पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा खुला रूपले बहस भएको बताए ।

    अध्यक्ष प्रचण्डसहित ६ जनाले आ–आफ्ना धारणा राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले धारणा राखेका थिए । सबै जनाले विचारको विकास गरी जनतामा गएर पार्टी निर्माण गर्नुपर्ने  भनेको  गजुरेलले बताए । 

    प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि अध्यक्ष प्रचण्डले सुरुमै पछिल्लो राजनीतिक घटनाक्रम कसरी विकसित भयो भन्ने सम्बन्धमा सविस्तार जानकारी गराएको बताए । बैठक शनिबार ११ बजे बस्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस