Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रतिनिधि सभामा सत्तारुढ दलका सांसदद्वारा नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन माग


नया सडक

२०८१, साउन १३ आइतबार

  • 402
    Shares

  • प्रतिनिधि सभामा सत्तारुढ दलका सांसदद्वारा नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन माग

    काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र सौर्य एयरलाइन्स दुवैको भूमिकामाथि प्रश्न उठाइएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले दुवैको भूमिकामाथि प्रश्न उठाउँदै यसको गम्भीर छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    नेपाली कांग्रेसका सांसद सञ्जय गौतम,राजेन्द्र बजगाईं र पूर्णबहादुर तामाङ, नेकपा एमालेकी सचेतक सुनिता बराल, माओवादी केन्द्रका पूर्णबहादुर घर्ती, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल लगायत सांसदले कसको लापरबाहीका कारण दुर्घटना भएको हो त्यसको छानबिन गर्नुपर्ने माग गरे ।

    सौर्य एयरलाइन्सको जहाज साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। दुर्घटनाको छानबिन गर्न सरकारले त्यसैदिन ५ सदस्यीय आयोग गठन गरेको थियो।

    सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा टुक्र्याउनुपर्ने माग पनि गरे । ‘प्राधिकरण सेवा प्रदायक हो कि नियामक निकायहो ? त्यसबारे सरकारले विधेयक ल्याउनुपर्ने माग सत्ताधारी दलका कांग्रेसका सांसद गौतमले गरे ।कांग्रेसकै सांसद बजगाईंले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियामक प्रमुखको भूमिकामा राख्न नहुने  पनि बताए

    प्रतिक्रिया दिनुहोस