काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिएको हो ।
पौडेललाई सोमबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल बैंक सुपरिवेक्षण विभागका प्रमुख हुन्। बैंकमा यसअघि प्रवक्ताको जिम्मेवारीमा डा. गुणाकर भट्ट थिए।