Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वीरगञ्जमा पक्राउ परेको ६ हजार केजी काजुसहित मेथी र ज्वानो हरलालका एग्जिम प्रालिको भएको खुल्यो, कस्तो कारोबार गर्छ हरलालकाले ?


नया सडक

२०८१, साउन १४ सोमबार

  • 1.4k
    Shares

  • वीरगञ्जमा पक्राउ परेको  ६ हजार  केजी काजुसहित मेथी र ज्वानो  हरलालका एग्जिम प्रालिको भएको खुल्यो, कस्तो कारोबार गर्छ हरलालकाले ?

    वीरगञ्ज ।पर्साको वीरगञ्जमा पक्राउ गरिएको ६ हजार  केजी काजुसहित मेथी र ज्वानो हरलालका एग्जिम प्रालिको भएको खुलेको छ ।काठमाडौंको कुलेश्वरमा ठेगाना रहेको हरलालका एग्जिमले ल्याएको  ६ हजार केजी काजु , मेथी र ज्वानो तथा अन्य सामान लोड गरिएका ट्रकहरू राजस्व छलीको आशंकामा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

    पर्सा प्रहरीले गत साउन ९ गते  वीरगञ्ज महानगरपालिका २५ स्थित सडकखण्डबाट ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरका ट्रकहरू नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार एक करोड बयासी लाख भन्दा बढीको काजु, ज्वानो र मेथीलगायतका मालवस्तु राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।

    प्रहरीले पक्राउ गरेर पठाइएका ट्रकहरू र ट्रकमा लोड गरिएका काजु , मेथी र ज्वानोलगायतका वस्तु भन्सार मूल्य बराबर र केही  भन्सार मूल्य भन्दा बढी  देखिएकोले राजस्व अनुसन्धान कार्यालय पथलैयाले चेकजाँच गरी छाडी दियो ।

    विगत लामो समयदेखि वीरगञ्ज र काठमाडौंमा फर्महरू सञ्चालन गरी ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको ठुलो कारोबार गर्दै आएका राजेशकुमार हरलालकासमूहले ड्राइफ्रुटको कारोबारमा विगतदेखि ठुलो मात्रामा राजस्व छल्दै आएको वीरगञ्जकै एक व्यापारीले  नयाँ सडकलाई बताए ।

    पछिल्लो समय ड्राइफ्रुट्स तथा मसलाजन्य मालवस्तुमा राजस्व छली भइरहेको निष्कर्ष राजस्व अनुसन्धान विभागले निकालेको छ ।राजस्व अनुसन्धान विभागले छली भएको निष्कर्ष निकाल्दै केही समय अगाडि ड्राइफ्रुटको व्यवसाय गर्ने केही व्यापारिक फर्ममा छापा समेत हानेर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस