Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहकारी ठगी गरी फरार जीबीराईसहितका सञ्चालकहरूलाई विदेशबाट फर्काउन आवश्यक प्रवन्ध मिलाउन निर्देशन


नया सडक

२०८१, साउन १४ सोमबार

  • 366
    Shares

  • सहकारी ठगी गरी फरार जीबीराईसहितका सञ्चालकहरूलाई विदेशबाट फर्काउन आवश्यक प्रवन्ध मिलाउन  निर्देशन

    काठमाडौं । सहकारी छानबिन समितिले सरकारलाई  विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउन आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले उनीहरूलाई फर्काउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । 

    उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी सार्वजनिक गरे ।समितिको निर्णयमा गृहमन्त्रालय पनि सहमत रहेको संयोजक थापाको भनाइ छ ।यसैगरी  कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय समितिले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस