Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हुलास समूहले देशकै सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गर्दै हुलास दिवस मनायो


२०८१, साउन १४ सोमबार

  • 534
    Shares

  • हुलास समूहले देशकै सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गर्दै हुलास दिवस मनायो

    काठमाडौं । हुलास समूहले देशकै सबै भन्दा ठुलो गल्वनाइजिङ युनिट स्थापना गरी हुलास दिवस मनाएको छ । हुलास समूहले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘  औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाज्यूको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा संस्थापक दिवस मनाउंदै आईरहेका छौ । आज २०८१ श्रावण १४ गते संस्थापक दिवस का रुपमा विशेष महत्वका साथ मनाउन पाउंदा हामी अत्यन्त हर्षित भएकाछौं । यस विशेष अवसरमा उद्योगको कारखाना स्थल लगायत काठमाण्डौ स्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगर लगायत अन्य शाखा कार्यालयहरुमा आंखा परिक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरु समेतको आयोजना गरिएको जानकारी गराउन पाउंदा खुशी लागेको छ ।’ 

    देशलाई औद्योगिकीकरण र रोजगारी तर्फ उन्मुख गराउने स्व.दिवाकर गोल्छाको चाहना स्वरुप देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापात तथा पाईप, जूट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील युटेन्सील, जि.आई, आल्मुनियम, कप्पर वायर तथा इलेक्ट्रोनिक्स बस्तुहरु उत्पादन गर्ने उद्योगहरुको स्थापना गरी लगभग २०,००० जनालाई रोजगारी प्रदान गरेको छ । गुणस्तरिय कर्कटजस्तापाता स्वदेश मै उत्पादन गरी खरको छानालाई विस्थापित गर्ने अभिप्रयाले नेपालको पहिलो स्टील उद्योगका रुपमा स्थापना भएको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड ले आफ्नो ४३ वर्षको यात्रामा देशको अर्थतन्त्र र रोजगारी प्रदानमा उल्लेख्य योगदान गरेको छ । ४३ वर्ष अगाडी हुलास स्टील स्थापना हुंदाको सिमरा र आज सिमराको अवस्थाले नै हामीलाई ईन्गित गर्छ कि औद्योगिकरणले स्थानीय स्तरको बृद्धि विकासमा कस्तो अहम् भुमिका खोल्दोरहेछ भन्ने कुरा ।

    हाल दिवाकर गोल्छा अर्गनाईजेसन अन्र्तगत विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्दै आईरहेको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले समय सापेक्ष रुपमा प्रविधि, क्षमता र रोजगारीलाई विस्तार गर्दै जाने क्रममा पर्सा जिल्लाको बेल्वामा रु. १ अर्ब भन्दा बढी  लगानीमा हूलास स्टिल  युनिट-२ उद्योगको स्थापना गरी नेपाल मै पहिलो पटक New technology कोLargest and Latest Galvanizing Facility र 13 meters hot dip galvanizing bath जडान गरेकोछ । 

    नेपालमा विद्युतको मांग अत्यधिक बढी रहेको अवस्थामा सोलाई विस्तार गर्नका लागी Transmission Tower  तथा Distribution Line आवश्यक पर्ने हुंदा उक्त बस्तुहरु अन्य मुलुकहरुबाट आयात गर्नाले न्युन गुणस्तरीय हुनका साथै निर्माण कार्यमा अत्यधिक ढिलाई भई लागत मुल्यमा बृद्धि हुन जान्छ । जबकी यस्तै प्रकारका बस्तुहरु स्वदेश मै उत्पादन हुने भएको हुनाले स्वदेशी बस्तुहरुको प्रयोग गरिनाले निमार्ण कार्य द्रुतगतिमा सम्पन्न भई लागत मुल्यमा कमी आउनुका साथै देशको अर्थब्यवस्थामा बृद्धि भई स्वदेशी उद्योगहरुको संरक्षण एवम् सम्वद्र्धन हुनेछ । हाल Transmission Tower तथा Distribution Line को विस्तारमा कमी आउनका कारणले गर्दा लगभग १००० मेगावाट विद्युत खेर गईरहेको हामीले महशुस गरेका छौं । 

    विद्युत प्रसारण लाईनका लागी आवश्यक पर्ने विभिन्न प्रकारका बस्तुहरु छिमेकी मुलुक भारत लगायत अन्य मुलुकहरुबाट विभिन्न सुविधाहरुको प्रयोग गरी भन्सार महशुल, मुल्य अभिबृद्धि कर र अन्तःशुल्क माफीमा आयात भईरहेको र स्वदेशी उद्योगहरुले सोही प्रकृतिका बस्तुहरु उत्पादन गर्नका लागी आयात गर्ने कच्चा पदार्थहरुमा भन्सार, अन्तःशुल्क र मु.अ.कर गरी ३५५ सम्म राजश्व असुलउपर गर्नाले आयातित बस्तुहरुसंग प्रतिष्पद्र्धा गर्न नसकी स्वदेशी उद्योगहरु धरासायी हुंदै गएका छन् । 

    यस हुलास स्टील युनिट-२ उद्योगबाट Steel Lattice Towers, Substation Structure, Octagonal Pole, High Mast Pole, Mono Pole, Street Light Pole, Penstock Pipe, Bridge  लगायत अन्य विभिन्न प्रकारका स्टीलजन्य बस्तुहरु उत्पादन गर्ने भएको हुनाले आयात प्रतिस्थापन, रोजगारी श्रृजना, विदेशी मुद्राको बचत र राजश्व बृद्धि लगायतMake in Nepal को अवधारणालाई सार्थक बनाउने हामीले महशुस गरेकाछौं । उक्त बस्तुहरु लगभग ८ देखि १० अर्ब रुपैया बराबरको आयात भईरहेको हुनाले सो प्रतिस्थापन गर्न सकेमा लगभग ५०० देखि ७०० जनालाई थप रोजगारी प्रदान गर्न सकिन्छ । 

     

    प्रतिक्रिया दिनुहोस