Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

सुनको मूल्य सोमबार स्थिर भई प्रतितोला २  लाख ३९ हजार ७ सय  कायम

सुनको मूल्य सोमबार स्थिर भई प्रतितोला २  लाख ३९ हजार ७ सय  कायम

  • काठमाडौँ ।  सोमबार सुनको मूल्यमा कुनै बदलाव भएको छैन् । सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ सोमबार कायम भएको छ  ।  कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।

    प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

    गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो ।चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij