Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

विद्युत बक्यौता बुझाउन बाँकी रहेका व्यापारी भेटेकोमा लेखा समितिका सभापतिमाथि कारबाहीको माग


नया सडक

२०८१, साउन १५ मंगलबार

  • 456
    Shares

  • विद्युत बक्यौता बुझाउन बाँकी रहेका व्यापारी भेटेकोमा लेखा समितिका सभापतिमाथि कारबाहीको माग

    काठमाडौं। विद्युत बक्यौता बुझाउन बाँकी रहेका व्यापारीलाई भेटेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि छानबिन गनुपर्ने मा गरिएको छ ।प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले  यस्तो माग गरेका हुन् ।

    सांसद सापकोटाले  मंगलबार प्रतिनिधि सभाको बैठकमा पोखरेलले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका तर बक्यौता रहेका व्यापारीलाई रहस्यमयरुपमा भेटेको सूचना आएको भनी छानबिन गर्नुपर्ने माग गरे ।

    डेडिकेटेड फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएकोले यो  पदीय दुरुपयोग भएकोले यस घटनाको गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग उनले गरे ।

    प्रतिक्रिया दिनुहोस