Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

करदाताहरूले कर चुक्ताको प्रमाणपत्र लिनै पर्ने नभएर आवश्यक भए घरबाट प्रिन्ट गरी लिन सकिने

करदाताहरूले कर चुक्ताको प्रमाणपत्र लिनै पर्ने नभएर आवश्यक भए घरबाट प्रिन्ट गरी लिन सकिने

  • काठमाडौं ।करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्ने नभएकाले आवश्यकता अनुसार लिँदा हुने भएको छ ।आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले कर चुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्ने नभएको बताएका हुन् ।मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा तिवारीले यस्तो बताए ।

    महानिर्देशक तिवारीले  करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने बताउँदै  आवश्यक नै भएको खण्डमा कर चुक्ताको प्रमाण पत्र घरबाट प्रिन्ट गर्न सकिने जनाए ।२० वर्ष भन्दा  पुराना मुद्दा र फाइलहरू जिल्ला, उच्च, पुनारावेदन र सर्वोच्च अदालतमा फछ्र्यौट हुन बाँकी रहेको भन्दै तिवारीले आन्तरिक राजस्व विभागको प्रशासनिक अदालतमा १ हजार ७६३ प्रशासनिक पुनरावेदनका  मुद्दा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij