काठमाडौं । पर्सा प्रहरीले भन्सार छली भएको आशंकामा लाखौँको मालवस्तु नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा पर्सा जिल्ला प्रहरी कार्यालय तथा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको कपडा, खाद्यान्न तथा खुद्रा सामान नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरीले जानकारी सार्वजनिक गरे अनुसार मति २०८१।०४।११ गते अं.११ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.०८ रेल्वे रोड स्थित सडकखण्डबाट अ.मु.रू. ४०,०००।– ( चालीस हजार ) बराबरको ४८५ के.जी. चिनी नियन्त्रणमा लिइएको थियो ।
यसैगरी मिति २०८१।०४।१२ गते अं.१६ः४५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.०८ गहवा स्थित सडकखण्डबाट अ.मु.रू. १,१०,०००।– ( एक लाख दश हजार ) बराबरको मिट मसाला ४ बोरा नियन्त्रणमा लिइएको थियो ।
प्रहरी चौकी गण्डक पर्साले मिति २०८१।०४।११ गते अं.२२ः०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डबाट अ.मु.रू. १,८०,०००।– ( एक लाख असी हजार ) बराबरको लेडिज कुर्ता सुरुवाल –७६ पिस, जेन्स कुर्ता – ६० पिस र स्टिलको कचौरा – २२४ पिस नियन्त्रणमा लिएको थियो ।
यसैगरी प्रहरी चौकी ईनर्वा पर्साले मिति २०८१।०४।१४ गते अं.९ः१० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतज्यन्ती चोक स्थित सडकखण्डबाट अ.मु.रू. ४०,०००।– ( चालीस हजार ) बराबरको लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार यी सबै मालवस्तुलाई वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइने छ ।