Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

३२ लाख बढी भन्सार आयात मूल्य पर्ने स्विटजरल्यान्डबाट आउने महँगा नाडी घडी गत आवमा कति आए ?


नया सडक

२०८१, साउन १६ बुधबार

  • 561
    Shares

  • ३२ लाख बढी भन्सार आयात मूल्य पर्ने स्विटजरल्यान्डबाट आउने महँगा नाडी घडी गत आवमा कति आए ?

    काठमाडौं । ३२ लाख बढी भन्सार मूल्य परेको स्विटजरल्यान्डबाट आयात गरिएका बहुमूल्य स्वचालित  नाडी घडी २० करोड बढीको गत आवमा आयात भएको छ ।बहुमूल्य नाडी घडीको कोटिमा पर्ने स्विटजरल्यान्डबाट आयात गरिने गत आव २०८०÷८१मा ६४ थान घडी आयात गरिएको हो ।कुल भन्सार मूल्यका आधारमा गत आवमा यो बहुमूल्य स्वचालित नाडी घडीको संख्या घटेको भएपनि भन्सार मूल्य भने बढेको छ । अर्थात यो घडीको मूल्य झन् बढेको हो ।

    अघिल्लो आवमा यो बहुमूल्य स्वचालित नाडी घडी कोटिका घडी ६६ थान आयात भएका थिए । यसको कुल भन्सार मूल्य १७ करोड ८० लाख ६९हजार रहेको थियो । यस आधारमा अघिल्लो आवमा यो कोटिको घडीको भन्सार आयत मूल्य २६ लाख९८ हजार १५ रुपैयाँ १५ पैसा जति हुन आउँछ । यसमा भन्सार राजस्व जोडेर अन्य महसुल थपेर खुद्रा बिक्री तय हुन्छ । यस आधारमा यसको  झन महँगो हुन सक्छ ।

    यसैगरी गत आव २०८०÷८१मा आएको बहुमूल्य स्वचालित नाडी घडीको कोटिमा आयात भएका प्रति घडी भन्सार आयात मूल्य ३२ लाख २५ हजार ९सय २१ रुपैया ८७ पैसा हुन आउँछ । यसमा भन्सार राजस्व लगायतका अन्य दर महसुल जोडी खुद्रा मूल्य निकाल्दा यो झन बढ्ने छ ।

    प्रतिक्रिया दिनुहोस