Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सरकारले सिफारिस गरेका १८ देशका राजदूतहरू, हेर्नुहोस को को परे ?


नया सडक

२०८१, साउन १६ बुधबार

  • 162
    Shares

  • सरकारले   सिफारिस  गरेका १८ देशका राजदूतहरू, हेर्नुहोस को को परे ?

    काठमाडौं । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट  भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरिएको  हो ।

    राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ । सिफारिश गरिएकाहरू यस प्रकार रहेका छन् ।

     १‍. डा. शंकरप्रसाद शर्मा – भारत
    २. कान्ता रिजाल –अष्ट्रेलिया
    ३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया
    ४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
    ५. धनप्रसाद पण्डित – इजरायल
    ६. रामकृष्ण भट्टराई – श्रीलंका
    ७. सनिल नेपाल – स्पेन
    ८. डा. शैल रुपाखेती – जर्मनी
    ९. लोकदर्शन रेग्मी – अमेरिका
    १०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
    ११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
    १२. जंगबहादुर चौहान – रुस
    १३. रमेशचन्द्र पौडेल – कतार
    १४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन
    १५. सुम्निमा तुलाधर – डेनमार्क
    १६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
    १७. प्रकाशमणि पोखरेल – पोर्चुगल
    १८. रीता धिताल – पाकिस्तान

     

    प्रतिक्रिया दिनुहोस