Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कायममुकाम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी सिग्देललाई दिइयो


नया सडक

२०८१, साउन १६ बुधबार

  • 333
    Shares

  • कायममुकाम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी सिग्देललाई दिइयो

    काठमाडौं । नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देलले पाएका छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

     प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदै गएकोले  एक महिनाअघि विदा बस्ने सैनिक परम्परा छ । त्यसकारण  सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

    जन्ममिति विवादमा छानबिन भएपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सिग्देल प्रधानसेनापतिको रोलक्रममा आएका थिए । उनीबारे विवाद आएपछि जंगीअड्डाले आन्तरिक छानबिन गरेर कैफियत नरहेको जानकारी सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस