Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

राष्ट्रपतिले तीन प्रदेश प्रमुख नियुक्त


नया सडक

२०८१, साउन १६ बुधबार

  • 423
    Shares

  • राष्ट्रपतिले तीन प्रदेश प्रमुख नियुक्त
     
    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
     
    उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस