Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट


नया सडक

२०८१, साउन १६ बुधबार

  • 366
    Shares

  • परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

     

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो । 

     

    सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

     

    त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस