Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सर्वोच्च अदालतद्वारा वरिष्ठ सईको पक्षमा परमादेश जारी , अवकाश पाएका वरिष्ठ सईको हकमा तलब मिलान हुने


नया सडक

२०८१, साउन १७ बिहीबार

  • 441
    Shares

  • सर्वोच्च अदालतद्वारा वरिष्ठ सईको पक्षमा परमादेश जारी , अवकाश पाएका वरिष्ठ सईको हकमा तलब मिलान हुने

    काठमाडौं । सर्वोच्च अदालतले   नायव निरीक्षक (सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा परमादेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले बुधबार  वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक–फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो ।

    वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा–छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरिदिएको छ ।सईमा खाएको तलबभन्दा कम तलव भएपछि वरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेको सो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी हुन् ।

    वरिष्ठहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका वरिष्ठ सईहरुले समेत न्याय पाएको उनले जानकारी सार्वजनिक गरे ।
    नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

    प्रतिक्रिया दिनुहोस