Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

ऊर्जा मन्त्रीले विद्युत विकास विभागको महानिर्देशक फेरे ,मण्डलको ठाउँमा सिंह ल्याए


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 423
    Shares

  • ऊर्जा मन्त्रीले विद्युत विकास विभागको महानिर्देशक फेरे ,मण्डलको ठाउँमा सिंह ल्याए

    काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् विकास विभागको महानिर्देशक परिवर्तन गरेका छन् । मन्त्री खड्काले  मन्त्रालयमा कार्यरत नवीनराज सिंहलाई विभागको  नयाँ महानिर्देशक बनाएका हुन् ।

    सिंह मन्त्रालयको ऊर्जा महाशाखा प्रमुखको रुपमा कार्यरत थिए। उनलाई विभागमा पठाएर मन्त्री खड्काले विभागमा महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका छन्।

    मण्डल गत माघ अन्तिम साता विभागको महानिर्देशक भएका थिए। मण्डलअघिका विभागका महानिर्देशक चिरञ्जीवि चटौत पनि अहिले आयोगमै छन्।

    प्रतिक्रिया दिनुहोस