Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

विभिन्न विभागका महानिर्देशकसहित झण्डै ४० जना सहसचिवहरूको सरुवा हुँदै


नया सडक

२०८१, साउन १८ शुक्रबार

  • 597
    Shares

  • विभिन्न विभागका महानिर्देशकसहित झण्डै ४० जना सहसचिवहरूको सरुवा हुँदै

    काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय र अन्य मन्त्रालयअन्तर्गतका महानिर्देशकसहित सहसचिवहरूको सरुवा गर्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागसहितका महानिर्देशक तथा सहसचिवहरूको सरुवा गर्ने तयारी गरिएको हो ।

    प्रधानमन्त्री कार्यालय स्रोतले जनाए अनुसार विभिन्न निकाय र मन्त्रालयका करिब ४० जना सहसचिवहरूको सरुवा गर्ने तयारी भइरहेको छ ।नयाँ सरकार परिवर्तन भएलगत्तै यसअघि सचिवहरूको सरुवा भइसकेको छ । सचिवहरूको सरुवा पछि सहसचिवहरू सरुवा गर्ने तयारीमा सरकार जुटेको छ ।सरकारले अर्थमन्त्रालय अन्तर्गतका विभाग र विभिन्न महाशाखा प्रमुख तथा भन्सार प्रमुखहरूको सरुवा गर्न लागेको बुझिएको छ ।  

    प्रतिक्रिया दिनुहोस