Logo

Mar 17 2025 | २०८१, चैत ४गते

Mar 17 2025 | २०८१, चैत ४गते

images

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

  •  

    काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ ।

     

    समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो ।

     

    पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो । समितिले डेडिकेटेड र ट्रक लाइन महशुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij