Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

वीरगञ्ज सुख्खा बन्दरगाहको राजस्व संकलन बढ्यो


नया सडक

२०८१, साउन २० आइतबार

  • 600
    Shares

  • वीरगञ्ज सुख्खा बन्दरगाहको राजस्व संकलन बढ्यो

    वीरगञ्ज । वीरगंजको सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलन सबा २ अर्बले बढेको छ। गत आर्थिक वर्ष आयात घटिरहेको बेला सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलन बढेको हो । अघिल्लो वर्षका तुलनामा गत आवमा सवा  ८ अर्बले बढेको देखिन्छ ।

    देशभरिका भन्सार कार्यालयले आयात घटेकोले  राजस्व संकलनमा कमी आएको प्रष्टीकरण दिइरहेको बेला वीरगंजको सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व बढेको हो । सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले जानकारी सार्वजनिक गरे अनुसार गत आर्थिक वर्षमा सुक्खा बन्दरगाह नाकाबाट ३ खर्ब २ अर्ब ८८ करोड ७ लाख रुपैयाँ बराबरका सामग्रीको आयात भएको छ । यसबाट कार्यालयले ४६ अर्ब ७१ करोड १४ लाख राजस्व संकलन ग¥यो ।

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट गत आर्थिक वर्षको भन्दा ८ अर्ब २१ करोड २० लाखले बढी रकमका सामग्रीको आयात गरिएको थियो। जसअनुसार उक्त आवमा ३ खर्ब ११ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको आयात भएको थियो। तर राजस्व संकलन भने गत आर्थिक वर्षको भन्दा २ अर्ब २६ करोड ७८ लाख कम भएको थियो। जसअनुसार उक्त आवमा ४२ अर्ब ४४ करोड ३५ लाख संकलन भएको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ।

     

    प्रतिक्रिया दिनुहोस