Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्रै सकिने नेपाली सेनाको प्रतिबद्धता, धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रु


नया सडक

२०८१, साउन २१ सोमबार

  • 387
    Shares

  • काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्रै सकिने नेपाली सेनाको प्रतिबद्धता, धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रु

    काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्र सकिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणकार्य ३६ प्रतिशत पूरा भएको जनाउँदै आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेका हुन् ।

    आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रुको अवसारमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले तोकिएको अवधिमा आयोजनाको काम सक्ने बताए ।यो आयोजनाको मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफलता प्राप्त भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने प्रधानसेनापति शर्माले प्रष्ट्याए ।हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश यसले दिएको उनले जनाए ।

    ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै शर्माले त्यो राजनीतिबाट  सपारिने  विश्वास व्यक्त गरे । यो क्षेत्रबाहेक अन्य क्षेत्रमा जग्गा व्यवस्थापनको काम सकिइसकिएको  उनले  जनाए ।

    प्रतिक्रिया दिनुहोस