Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

निर्जीवन बीमा कम्पनी तर्फको लघु बीमा व्यापारमा करिब साढे तीनसय प्रतिशतले वृद्धि


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 420
    Shares

  • निर्जीवन बीमा कम्पनी तर्फको लघु बीमा व्यापारमा करिब साढे तीनसय प्रतिशतले वृद्धि

    काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार गत आर्थिक वर्ष २०८०÷८१मा ३४९ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको हो  । अघिल्लो आवमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएको थियो । त्यसमा वृद्धि भई गत आवमा ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ ।

    यसैगरी  यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भयो । सोही अवधिमा १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आवमा यो बीमा १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो ।

    गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसाय सामान्य रुपमा वृद्धि भएको छ । निर्जीवन बीमाको व्यपार ३.१२ प्रतिशतले बढेर ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ भएको छ ।निर्जीवन तर्फको  मोटर बीमाको बजार भने घटेको छ । निर्जीवन बजारको ४० प्रतिशतको हिस्सा ओगट्ने मोटर बीमाको व्यापार गत आवमा खुम्चियो । मोटर बीमाको बजार ५.५६ प्रतिशतले खुम्चिएर गएको  नेपाल बीमा प्राधिकरणको तथ्यांकले दर्शाउँछ ।

    अघिल्लो आवको तुलनामा गत आवमा मोटर बीमाको व्यापार ७४ करोड रुपैयाँले घटेर गएको छ भने  कृषि बीमाको बजार ११.२५ प्रतिशतले घटेको हो ।सरकारले  बीमा अनुदान वापतको रकम भुक्तानी नगरेपछि बीमा कम्पनीहरुले करिब अढाई महिना कृषि बीमालेख जारी गर्न रोक लगाएका थिए । यसैगरी सामुद्रिक बीमालेख अन्तर्गतको बजार १.७४ र इन्जिनिरिङ्ग तथा निमाण क्षेत्रको बीमा बजारमा  ०.९६ प्रतिशत ह्रास आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस