Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

चिलिमे जलविद्युत ६५ करोड रुपैयाँभन्दा बढी खुद नाफामा


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 648
    Shares

  • चिलिमे जलविद्युत ६५ करोड रुपैयाँभन्दा बढी खुद नाफामा

     काठमाडौँ । चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ६४ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको यस कम्पनीले गत वर्ष थोरै नाफा बढाएको हो ।

    यस कम्पनीअन्तर्गत प्रवर्द्धित कुल २७० मेगावाट क्षमताका चारओटा जलविद्युत् आयोजनाहरूमध्ये रसुवागढी हाइड्रोपावर अन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    त्यस्तै साञ्जेन जलविद्युत कम्पनीअन्तर्गत निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट गएको आश्विन २१ गतेदेखि आंशिकरूपमा विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी मध्य भोटेकोशी जलविद्युत कम्पनीअन्तर्गत निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना पनि करीब सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ ।

    गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस