Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

राजस्व छलीको आशंकामा पर्सा प्रहरीद्वारा  चौवालीस लाख बढीको मालवस्तुसहित ट्रक पक्राउ


नया सडक

२०८१, साउन २३ बुधबार

  • 615
    Shares

  • राजस्व छलीको आशंकामा पर्सा प्रहरीद्वारा  चौवालीस लाख बढीको मालवस्तुसहित ट्रक पक्राउ

    काठमाडौं । पर्सा प्रहरीले राजस्व छलीको आशंकामा चौवालीस लाख बढीको मालवस्तुसहित ट्रक्र नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा पर्सा जिल्ला  कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट राजस्व छलीको आशंकामा चौवालीस लाख बढीको मालवस्तु नियन्त्रणमा लिएको हो ।

    पर्सा प्रहरीले जनाए अनुसार साउन २२ गते त्रिचालीस लाख चौरानब्बे हजार तीन सय बत्तीस रुपैयाँ  बराबरको कपडाहरू आवश्यक कारवाहीको लागि  राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको हो ।

    पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनेको छ – ‘मिति २०८१।०४।२१ गते अं.१६ः४० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२४ बहुवरी चोक  स्थित सडकखण्डबाट प्र.२–०३००–१ ख ५१३७ नम्बरको ट्रकमा अ.मु.रू. ४३,९४,३३२।– (त्रिचालीस लाख चौरानब्बे हजार तीन सय बत्तीस) बराबरको कपडाहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको ।’

    यसैगरी पर्सा प्रहरीले विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट राजस्व छली आशंकामा बइसट्ठी हजार ६ सय ७० बराबरको लत्ताकपडा तथा खुद्रा सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस