Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने


नया सडक

२०८१, साउन २३ बुधबार

  • 318
    Shares

  • काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन ९काभा० महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । 

    उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ । 

    उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो । 

    लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

    प्रतिक्रिया दिनुहोस