Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सशस्त्र प्रहरी बलको गोदाम आगलागीमा दुई एसपीसहित ९ जना कारबाहीमा


नया सडक

२०८१, साउन २३ बुधबार

  • 582
    Shares

  • सशस्त्र प्रहरी बलको गोदाम आगलागीमा दुई एसपीसहित ९ जना कारबाहीमा

    काठमाडौं । सशस्त्र प्रहरी बलको  प्रधान कार्यालयको गोदाम आगलागी घटनामा दुई एसपीसहित  ९ कारबाहीमा परेका छन् ।छानबिन समितिले निकालेको निष्कर्ष अनुसार उनीहरू कारबाहीमा परेका हुन् ।

    कारबाही पर्नेमा दुई जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक डीएसपी, २ इन्सपेक्टर, एक सई, २ असई र एक जवान छन् ।सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी भएको थियो ।

    कारबाही मामिलाका जानकार अनुसार  एसपी राजेन्द्र श्रेष्ठको बढुवा चार वर्षसम्म रोक्का गरिएको छ ।  सशस्त्रको बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र २६ चैत २०८० मा आगलागी हुँदा श्रेष्ठ सशस्त्रको भण्डारण महाशाखाका प्रमुख रहेकाले कारबाहीमा परेका हुन् । कारबाहीमा परेका बाँकी ८ जनालाई भने नसिहत  दिइएको छ । 

    प्रतिक्रिया दिनुहोस