Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २३  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, साउन २३ बुधबार

  • 426
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २३  बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २३ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    दुई कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौँ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।
    नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू ७०५ दशमलव ७७ कायम भएको छ । 
    नेप्सेले सूर्योदय वोमी लघुवित्तको १४ दशमलव ०१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू १ हजार १३ दशमलव ११ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर भोलि (बिहीवार) दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

    प्रभु इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्सुरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन २७ गते आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

     

    हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ ।  असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

    नेशनल क्यापिटलको विशेष साधारण सभा भदौ ९ गते

    काठमाडौं । नेशनल क्यापिटल लिमिटेडको विशेष साधारण सभा भदौ ९ गते हुने भएको छ ।

     

    विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २ मा दिनको २ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ संशोधनसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

    डोल्मा इम्प्याक्ट १ ले मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर दोस्रो बजारमा विक्री गर्ने

    काठमाडौं ।  डोल्मा इम्प्याकट–१ ले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको २६ लाख ५ हजार ९०० कित्ता शेयर विक्री गर्ने भएको छ ।

     

    डोल्माले उक्त शेयर दोस्रो बजारमा बिक्री गर्ने जनाएको छ । विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ बमोजिम सर्वसाधारणको जानकारीका लागि कम्पनीले उक्त सूचना जारी गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचक १०८.३५ अंकले बढेर  २७५९.६७ विन्दुमा ,१९ अर्ब ९५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक १०८.३५ अंकले बढेर  २७५९.६७ विन्दुमा आएको छ । आज १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । आज डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेका छन् । 
    १ अर्ब ५३ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको  छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् ।

    एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्यो

    काठमाडौं । चौथो त्रैमासमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४४.१९ प्रतिशतले धेरै हो ।

     

    यस बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६।१६ प्रतिशतले घटेको छ ।

    आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं  । नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बुधबार असार २३ गते अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार असार २४ बुक क्लोज गर्दैछन् । 

    नेसनल लाइफ इन्सुरेन्स गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०।७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सले भदौ ७ गते वार्षिको साधारण सभा बोलाएको छ  । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।

    रकम हिनामिना गर्ने सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित तीन पक्राउ

    काठमाडौँ । काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । 

     

    सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । 

     

    पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन् । पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका प्रहरीले जानकारी दिएको छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो।
    यस दिन युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ १९ पैसा र बिक्रीमा १४६ रुपैयाँ ८५ पैसा पाइन्छ।

     

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ तोकिएको छ।

     अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा पाइन्छ।

    बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन मन्त्री भण्डारीको आग्रह

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।

     

    कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा भारतको नयाँदिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पु¥याउन तथा सहयोग बढाउन आग्रह गर्नुभयो ।

     

    मन्त्री भण्डारीले भन्नुभयो, “यो शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूबीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र ऐक्यबद्धतामार्फत बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनःस्थापना हो ।”

    सुनको मूल्य तोलामा १४ सयले घट्यो,  प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २४ क्यारेट ९छापावाल० सुन प्रतितोला १४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

     

    आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९३।५६ डलरमा र चाँदी प्रतिऔंस २७।२५ डलरमा कारोबार भइरहेको छ ।

    त्रिवेणी मोटोकर्पले भित्रियाएको कामा ब्रान्डका विद्युतीय गाडी (ईभी)को बिक्री वितरण शुरु

    काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि बिक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुवै  प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।

     

    स्याङडो∙ कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यस कम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा बिक्री वितरण हुदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको बिक्री वितरण सुरुगरेको छ ।बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।

    प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउनुभएको हो । 

     

    आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।”

    इयुले युक्रेनलाई चार अर्ब २० करोड युरो वितरण गर्ने

    ब्रसेल्स । युरोपेली सङ्घ (इयु)ले युक्रेनको सुधार प्रयास सन्तोषजनक ठानेपछि युक्रेनलाई चार अर्ब २० करोड युरो प्रदान गर्न तयार भएको इयुको परिषद्ले जनाएको छ ।

     

       परिषद्ले इयुको युक्रेन सुविधाअन्तर्गत युक्रेनलाई अनुदान र ऋणको नियमित भुक्तानीको पहिलो किस्तालाई अनुमति दिएको एक प्रेस विज्ञप्तिले जनाएको छ । 

        परिषद्ले सर्त र सुधारहरू पूरा भएको जनाएको छ । सुधारहरूमा सार्वजनिक वित्तीय व्यवस्थापन, राज्यको स्वामित्वमा रहेका उद्यमहरूको सुशासन, व्यापारिक वातावरण, ऊर्जा र खानी समावेश छन् ।

    सरकारद्वारा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय  जाँच आयोग गठन

    काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय  जाँच आयोग गठन गरेको  छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।

     

    आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् ।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने  जानकारी दिए । बुधबार  दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो

    हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

    काठमाडौँ ।   एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । 

     

    हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ ।

    गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ

    काठमाडौँ ।   नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

     

         परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलद्वारा प्रधानमन्त्री ओलीलाई प्रतिवदेन हस्तान्तरण

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

     

    कार्यदलले सहमतिको प्रतिवेदन बुधबार सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा सहमति जुटेको थियो ।

    टीआरसीमा भएको सहमतिले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगोमा पुग्ने विश्वास गरिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस