Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना  पक्राउ ,उनीहरूलाई राजश्व अनुसन्धान विभाग पठाइयो

ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना  पक्राउ ,उनीहरूलाई राजश्व अनुसन्धान विभाग पठाइयो

  • काठमाडौं । प्रहरीले  ठूलो मात्रामा विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जनालाई  पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दीपेश भुसाल    थाई एअरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन् ।

    महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ ।यसैगरी  दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्वीस फ्रान्क, ४ हजार ५00 क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij