Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक  प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिबाट  सर्वसम्मत पास


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 177
    Shares

  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक  प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिबाट  सर्वसम्मत पास

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक  प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिबाट    सर्वसम्मत पास भएको छ ।

    समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो । बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले सहमति जुटाएको थियो । जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो ।

    प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।संसदको बैठक २९ साउनलाई तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस