Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको छानबिन गर्न संसदीय समितिको सरकारलाई निर्देशन


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 468
    Shares

  • हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको छानबिन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

    काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। संसदीय समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गर्न लगाइ  आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो ।

    समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुण कुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतसँग छलफल गरेको थियो ।

    छलफलपछि समितिले नेपालमा हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए तापनि नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको ठहर गरेको छ ।साथै  उक्त नीति तर्जुमा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस