Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदै नै खारेज ग¥यो


नया सडक

२०८१, साउन २४ बिहीबार

  • 165
    Shares

  • सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदै नै खारेज ग¥यो

    काठमाडौं ।सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरिएको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । 

    यसअघि प्रचण्ड सरकारले यो निर्देशिका ल्याएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।मुख्यसचिवका रुपमा बैरागीको कार्यकाल करिव ३ महिना बाँकी थियो । तर सचिवबाट अवकाश पाउन लागेका बैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने गरी बैरागीले ३२ जेठ २०८० मा मुख्य सचिवबाट राजीनामा दिएका थिए ।

    त्यही दिन मन्त्रिपरिषद्ले अर्याललाई मुख्य सचिव र मुख्यसचिवबाट राजीनामा दिएका बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय ग¥यो ।३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । ओेली प्रधानमन्त्री भएपछि  बैरागी अप्ठ्यारोमा परे । सत्तारुढ दलका नेताहरुका अनुसार ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै नराख्ने बताएका थिए । त्यसपछि बैरागीलाई भारतका लागि राजदूत बनाउने आश्वासन सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवाले दिए  ।

    सो आश्वासन अनुसार बैरागीले ९ साउनमा सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा पनि दिए ।तर प्रधानमन्त्री ओलीले  बैरागीलाई भारतका लागि राजदूत बनाउन तयार नभइ  प्रचण्ड सरकारले फिर्ता बोलाएका डा. शंकर शर्मालाई निरन्तरता दिन सहमति जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस