काठमाडौं । राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या आएको छ ।भीसीटीएस सिस्टममा आज बिहानदेखि समस्या आएपछि राजस्व अनुसन्धान विभागले एक सूचना प्रकाशन गरेको छ ।
राजस्व अनुसन्धान विभागले आज बिहानदेखि समस्या आएपछि सम्पूर्ण उद्योगी व्यवसायीलाई एक सूचना प्रकाशन गरेर सामान ओसारपसार गर्दा उक्त सूचना प्रिन्ट गरेर साथैमा बोक्न अनुरोध गरेको छ । अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा यस अघि पनि पटक पटक समस्या आउने गरेको देखिएको छ ।