पर्सा । पर्सा प्रहरीले ४ करोड ८६ लाख भन्दा बढी इलेक्ट्रोनिक भेप पक्राउ गरेको छ ।प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं.६ रेल्वेरोड बस्ने राम प्रसाद बैरेको पकी घरबाट उक्त इलेक्ट्रोनिक भेप पक्राउ गरेको हो ।
पर्सा प्रहरीले जनाए अनुसार बैरेको घरमा कोठा भाडामा लिइ भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृतरूपमा भण्डारण गरी राखेको भेप (Elfbar Raya D3 25000 Puffs ) पक्राउ गरेको छ ।
भेप ७६ कार्टुनमा प्रति कार्टुन २०० पिसका दरले जम्मा १५,२०० पिस रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेपको अन्दाजी मूल्य चार करोड छयासी लाख चौबीस हजार आठ सय रहेको छ ।प्रहरीका अनुसर बरामद गरिएको भेप बारे थप अनुसन्धान भइरहेको छ ।