Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

पर्यटन मन्त्री पाण्डेको राजीनामा आउने कि क्यानका महानिर्देशक अधिकारी पदमुक्त हुने ?


२०८१, साउन २५ शुक्रबार

  • 699
    Shares

  • पर्यटन मन्त्री पाण्डेको राजीनामा आउने कि क्यानका महानिर्देशक अधिकारी पदमुक्त हुने ?

    काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि नागरिक उड्डयन प्राधिकरणसम्म  मन्त्री बद्री पाण्डेले राजीनामा दिने कि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पदमुक्त हुने चर्चा तीव्र भएको छ ।हुन त विगत ६ महिनादेखि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पदमुक्त हुने चर्चा चल्दै आएको पनि हो ।

    तर सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई रिझाउन सक्ने कलाका सिद्धहस्त महानिर्देशक अधिकारीले विगतका सबै अड्कल र अनुमान फेल गराइदिएका छन् ।पछिल्लो समय लगालग दुई विमान दुर्घटनाबाट भएको धनजनको क्षतिबाट आक्रोशित सांसदहरूले मन्त्री पाण्डे र महानिर्देशक अधिकारीको राजीनामा मागे ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई हटाउने संकेत गरेपछि चर्चा फेरि तीव्र भएको हो ।

     अधिकारी २०७८ माघ तेस्रो साता प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए। उनको कार्यकाल अझै डेढ वर्ष बाँकी छ।तर उनको कार्यकालमा ८वटा विमान दुर्घटना भइसकेका छन् ।बिहीबारको बैठकमा केही सांसदले अधिकारीलाई निलम्बन गर्न माग गरेका थिए । केहीले अधिकारी र पाण्डे दुवैले राजीनामा दिनुपर्ने बताए ।सोही बैठकमा पाण्डे अधिकारीलाई हटाउने संकेत गरेको बैठकमा सहभागी एकले बताएका छन् ।

    चर्चा जति तीव्र भएपनि मन्त्री पाण्डेका लागि अधिकारीलाई पदबाट हटाउन फलामे च्युरा चपाउनु सरह हुने अधिकारीको पहुँचबारे जानकार स्रोतले जनायो ।अहिले त झन् नेकपा (एमाले)कै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली छन् । अधिकारीको विद्यार्थीकालीन राजनीतिक विरासतको सम्बन्ध एमालेसँगै थियो ।पुल्चोकमा  एमालेकै विद्यार्थी संगठनको झण्डा बोकी अधिकारीले राजनीति गरेका थिए । हुन त ओली मात्रै होइन अधिकारीको पहुँच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पनि उत्तिक मधुरो र गहिरो सम्बन्ध रहेको छ ।

    मन्त्री पाण्डेको राजनीतिक दल नेपाली कांग्रेसकै  सभापति शेरबहादुर देउवाले कर्मचारीहरूको तहगत प्रणालीमा ६ जना मुनि रहेका अधिकारीलाई महानिर्देशको जिम्मा लगाएका थिए ।अधिकारी ११औँ तहका बेला  २०७८ माघ तेस्रो साता प्राधिकरणको महानिर्देशक नियुक्त गरिए । नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार हो । देउवाले त्यसै कम्तीमा ६ जना १२ औँ तहमा रहेका कर्मचारीहरूलाई उछिनेर अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिए होलान त भनी प्रश्न गर्दै मन्त्रालय मातहतका एक कर्मचारीले नयाँ सडकलाई बताए । देउवा प्रधानमन्त्री नभएपनि सरकार निर्माणमा बलियो रही आएका छन् ।

    अधिकारी सबैलाई रिझाउन सक्ने कलाका सिद्धहस्त भएकाले नै  सांसदहरूलाई सामाजिक सञ्जालमा तथानाम  गाली गर्ने ताकत प्रदर्शन गरे होलान भनी ती अधिकारीले जनाए ।ती अधिकारीका अनुसार १२औँ तहका कर्मचारीहरूमा प्रताव बाबु तिवारी भैरहवा, प्रेमनाथ ठाकुर हेड अफिस, हंसराज पाण्डे हेड अफिस, देवचन्द्र लाल कर्ण हेड अफिस,  जगन्नाथ निरौला टीआईए र नविना कर्माचार्य पोखरामा कार्यरत जीएम रहेका छन् । उनीहरू सबैलाई उछिनेर ल्याएको महानिर्देशक बनाइएका अधिकारी पदमुक्त हुने चर्चा बढी चलेको हो । 

    तर मन्त्री पाण्डेले हवाई सुरक्षामा देखिएको खेलाँची र आर्थिक क्षेत्रको बिग्रिदै गइरहेको अवस्थालाई ध्यान दिएर सोच्ने हो भने महानिर्देशक अधिकारीलाई पदमुक्त गर्ने निर्णय गर्न सक्ने ती अधिकारीको भनाइ छ ।संसदीय समितिमा भएको छलफलका क्रममा दिएको संकेत र अधिकारी विरुद्धका कैफियतलाई ध्यान दिएर काम गर्दा अधिकारी पदमुक्त हुने सम्भावना बलियो भई गएको ती अधिकारीले जनाए ।

    नभए कांग्रेस सभापति देउवा अधिकारीको दाहिने भए मन्त्री पाण्डेको राजीनामा आउन सक्ने उनको भनको भनाइ छ । मन्त्री पाण्डेले  नैतिकताको आधारमा राजीनामा दिँदा सस्तो लोकप्रियता कमाउने जस्तो हुने केही गरेर देखाउने सांसदहरूसमक्ष भनेका थिए । त्यसैले मन्त्री पाण्डेको राजीनामा आउने वा अधिकारी पदमुक्त हुने त्यो हेर्न बाँकी रहेको उनले जनाए ।

     

    प्रतिक्रिया दिनुहोस