Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

परराष्ट्रसचिव लम्सालको निमन्त्रणमा भारतका विदेश सचिव मिस्री नेपालमा


नया सडक

२०८१, साउन २७ आइतबार

  • 393
    Shares

  • परराष्ट्रसचिव लम्सालको निमन्त्रणमा भारतका विदेश सचिव मिस्री नेपालमा

    काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री   नेपाल आइपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिस्री नेपाल आएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले मिस्रीको स्वागत गरेकी थिइन् । 

    लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।  भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    विनयमोहन क्वात्राले विदेश सचिवबाट अवकाश पाएपछि गत जुलाई १५ मा मिस्रीले सो जिम्मेवारी सम्हालेका थिए ।उनले भारतका प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस