Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेप्सेमा नयाँ रेकर्ड २५ अर्ब ७७ करोड बढीको कारोबार , नेप्से २८६० बिन्दुमा


नया सडक

२०८१, साउन २७ आइतबार

  • 702
    Shares

  • नेप्सेमा नयाँ रेकर्ड २५ अर्ब ७७ करोड बढीको कारोबार , नेप्से २८६० बिन्दुमा

    काठमाडौं । आइतबार साताको पहिलो दिन सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार भएको हो  । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको छ ।

    आइतबार कारोबार मात्रै नभएर बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भयो ।२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

    प्रतिक्रिया दिनुहोस