Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

हिमालय एअरलाइन्सले  कुवेतमा उडान पुनःसञ्चालन  गर्दै


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 555
    Shares

  • हिमालय  एअरलाइन्सले  कुवेतमा उडान पुनःसञ्चालन  गर्दै

    काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्सले  आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्दैछ ।हाम्रा यात्रुहरूको आवश्यकता पूरा गर्ने हाम्रो प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्सले  आफ्नोे सीधा उडान पुनःसञ्चालन गर्न लागेको हो । 

    यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्सको दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ ।हाम्रो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि, हामीले कुवेतका लागि जनरल सेल्स एजेन्ट (GSA) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छौँ । 

    सुरुवातमा, हामी काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछौँ, र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएका छौँ । काठमाडौँ–कुवेत उडान (H9 571),  काठमाण्डाँैबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौँ उडान (H9 572), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्नेछ ।

    हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौँ–कुवेत मार्गमा उडान पुनःस्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण हो । हामी हाम्रा यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर छौँ ।

    कुवेतको लागि बुकिङ अब खुला छ र यात्रुहरूले हिमालय एअरलाइन्स् र कुवतेमा सिजर्स ट्राभल गु्रपको सेल्स अफिस वा नजिकैको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो वेबसाईट www.himalaya-airlines.com र मोबाइल एप्लिकेशन पनि प्रयोग गर्न सक्नुहुन्छ  ।

    प्रतिक्रिया दिनुहोस