Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाबाट हल्ला पिटेजस्तो ‘हाइप्रोफाइल कनेक्शन’  फेला परेन


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 435
    Shares

  • नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाबाट हल्ला पिटेजस्तो ‘हाइप्रोफाइल कनेक्शन’  फेला परेन

    काठमाडौं । नकली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाबाट हल्ला पिटेजस्तो ‘ हाइप्रोफाइल कनेक्शन’ फेला परेको छैन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले झामाथि  करिब डेढ महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन राय सहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

    सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरेर मंगलबार नै मुद्दा दायर गर्ने तयारी गरेको जनाउँदै स्रोतले हल्ला पिटेजस्तो ‘हाइप्रोफाइल कनेक्शन’ डिगआउट हुन नसकेको बताएको छ ।असार १४ गते झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले भारतबाट झिकाएर कञ्चन्पुर हुँदै काठमाडौं ल्याएको थियो। झा पक्राउ परेसँगै राजनीतिक  वृत्तदेखि प्रहरी प्रशासनमा समेत हलचल आएको थियो । झा पक्राउपछि नै सरकार फेरिने सत्तागठन्धन बनेपछि  नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले हाइप्रोफाइल कनेक्शन जान सक्ने पहिरो रोक्न नयाँ गठबन्धन गरिएको आरोप लगाएका थिए।

    शरणार्थी प्रकरणमा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखित किर्तेमा ३० जना प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।  हालसम्म त्यसको अन्तिम सुनुवाइ भएको छैन।त्यतिखेर बेचन झालाई प्रतिवादी बनाइएको थिएन। त्यसबेला उनको नाम र वतन लगायत नुखेलेका कारण उनलाई प्रतिवादी बनाइएको थिएन। यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन सचिव लगायत हाइप्रोफाइल नेता पक्राउ परेका थिए। केही धरौटीमा छुटे पनि रायमाझी, पूर्वसचिव लगायत केही अझै कारागारमै  छन्।

    प्रतिक्रिया दिनुहोस