Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल भएर भारत जाने तेस्रो मुलुकका पर्यटकका लागि लगाइएको अवरोध खुला


नया सडक

२०८१, साउन २९ मंगलबार

  • 576
    Shares

  • नेपाल भएर भारत जाने तेस्रो मुलुकका पर्यटकका लागि लगाइएको अवरोध खुला

    काठमाडौं। नेपाल भएर भारत जाने तेस्रो मुलुकका पर्यटकहरूका लागि लगाइएको अवरोध हटेको छ ।कोरोनाको समयमा तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको गृह मन्त्रालयले जनाएको हो ।अवरोधको गाँठो फुकाएपछि नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले भनाइ छ ।

    साउन पहिलो साता गृहमन्त्री रमेश लेखकले नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच  भएको भेटमा नेपाली नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकहरुलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरे पछि यो अवरोध हटेको छ ।

    भारतीय पक्षले साउनको दोस्रो सातादेखि नै अध्यागमन सेवामा लगाइएको  अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएको छ । अहिले झापादेखि कञ्चनपुरसम्मका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नाकाबाट पर्यटक आवागमन सहज भइसकेको जानकारी सार्वजनिक गरेका हुन् ।

    अहिले झापाको काकँडभित्ता, कैलालीको मोहना, कञ्चनपुरको गड्डाचौकी, बाँकेको जमुनाहा, भैरहवाको बेलहिया, विराटनगर र वीरगंज नाका पर्यटकलाई भारततर्फ जान सजिलो भएको छ।भारतीय पक्षले कोरोनाका बेला सन् २०२१ डिसेम्बर २० तारिखदेखि यहाँका नाकामा तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा अवरोध लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस