काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा राजस्व चुहावट तर्फ बिगो र सजाय मागदाबी गरी १२ अर्ब १० करोड २० लाख बढीको मुद्दा दायर गरेको छ ।आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्म राजस्व चुहावटतर्फ ८२ जनालाई प्रतिवादी बनाइ राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।विभागले जनाए अनुसार बिगो रकम रु ६ अर्ब ५ करो १० लाख र सजाय मागदबी रकम ६ अर्ब ५ करोड १० लाख समेत कुल बिगो १२ अर्ब १० करोड २० लाख कायम गरी राजस्व चुहावट तर्फ मुद्दा दायर गरिएको छ ।
यसैगरी विदेशी विनिमय अपचलनतर्फ विभागले १६४ जना प्रतिवादी उपर ८८ मुद्दामा गरी करिब दुई अर्बको बिगो र सजाय मागदाबी कायम गरी मुद्दा दायर गरेको छ । विदेशी विनिमय अपचलनतर्फ बिगो रकम ४९ करोड ५७ लाख ७७ हजार र सजाय मागदाबी रकम १ अर्ब ४८ करोड ७३ लाख कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।यस्तै विभागले धरौटी मागदाबी तर्फ २२ करोड ५५ लाख २५ हजार रहेको जनाएको छ ।
विभागले भीसीटीएस तर्फ ८९४ फर्म /कम्पनीहरूको जरिवाना रकम ३ करोड ४६ लाख २६ हजार कायम गरिएको जनाएको छ ।विभागले भीसीटीएस कन्साइन्मेन्ट प्रयोगकर्ताको संख्या २ लाख ५१ हजार रहेको र भीसीटीएस कन्साइन्मेन्टको संख्या ९७ करोड ५६ लाख रहेको जनाएको छ ।